काठमाडाैँ- नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच अहिले छलफल भइरहेको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सो पार्टीको स्थायी कमिटी बैठक सकिए लगत्तै दुइ दलबिच छलफल भइरहेको हो।
छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, तथा संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइ, उपेन्द्र यावद, राजेन्द्र महतो लगायतका नेता छन्। माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नरायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल लगायतका नेता छन्।
दुई पक्षबीच नयाँ सत्ता समीकरणलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। एमाले र काग्रेससँग भएको छलफल पछि जनता समाजवादी पार्टीले माओवादी केन्द्रसँग पनि छलफल गरेको हो