काठमाडाैँ- नेकपा माओवादी केन्द्रले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाएको छ। पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ।
माओवादी केन्द्रका तर्फबाट केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन्। ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण समेत सोधिएको छ।
स्थायी कमिटिको बैठकले भोली विहान ११ बजे केन्द्रिय कमिटी बैठक समेत बोलाएको छ। चैत्र २ गतेको लागि तय भएको राष्ट्रिय भेला भने स्थगित गरेको छ।
माओवादी केन्द्रले गरेका चार निर्णयः
१। माओवादी केन्द्र तर्फबाट संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने
२। हिजो शुक्रबार नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटीमा राखेका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने
३। २०७७ चैत २ गते हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्ने
४। २०७७ चैत १ गते हुने तय भएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यथावत सञ्चालन गर्ने