काठमाडौं । नेकपा एमालेको केपी ओली पक्षीय बैठकले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको छ । साथै बेठकले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेको छ ।
सर्वोच्चले पुरानै नेकपा (एमाले) र नेकपा (माओवादी) व्यूँताइदिएको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।
५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनाएको थियो । त्यस्तै बैठकले पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् ।