बुटवल- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले षडयन्त्र जारी रहेकाले हाइअलर्टमा बस्न कार्यकर्तालाई निर्देशन दिएका छन्। बुटवलमा शुक्रवार आयोजित कार्यकर्ता भेलामा प्रचण्डले संसद पुनस्थापना भएर आफूहरुले एउटा व्याटल जितेपनि षडयन्त्र अझै जारी रहेको उल्लेख गरे।
संसद पुनस्थापना भएर आफूहरुको जित भएको जस्तो देखीएपनि पार्टी पुरानै अवस्थामा पुग्नुले षडयन्त्र जारी रहेको संकेत गर्ने प्रचण्डको भनाइ छ। ‘अहिले पार्टी जसरी पु¥याउने कुरा भयो । या अहिले जसरी सरकार निर्माण गर्ने या गठबन्धन निर्माण गर्ने क्रममा जे जस्ता अभ्यासहरु देखा पर्न थालेका छन्।’ उनले भने ‘ प्रतिक्रियाबादी षडयन्त्र अहिले पनि जारी छ। त्यसैले रिल्याक्स गर्ने, हाम्रो काम पुरा भयो जसरी सोच्न हुने अवस्था छैन। अहिले पनि हामी हाइअलर्ट बस्नुपर्ने अवस्था छ।’
प्रचण्डले जो शक्तीसँग मिलेर संविधान लोकतन्त्र र निरंकुशताका विरुद्ध लडिएको थियो तिनिहरुसँग सहकार्य गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान रहेको बताए।
उनले एमालेको माधव नेपाल पक्षका मान्छेलाई माओवादीमा प्रवेश गराइहाल्ने हतार नगर्न कार्यकर्तालाई निर्देशन दिए। ‘माधवजी झलनाथजीसँग हामीले सहकार्य गरिरहने, उहाँहरुले त्यहाँभित्र गएर संघर्ष गर्ने, फेरी एकताको प्रस्ताव गर्ने, एकतातिर जानुपर्छ भन्ने भएकाले हेड क्वाटरमा सम्पर्क गरेर मात्र निर्णय लिनुहोला’ उनले भने ‘हाम्रा जिल्लाका कुनै गतिविधिले केन्द्रमा माधवजीहरुलाई पिन्च नहोस्।’