बुटवल- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले संविधान भंग गर्न लागि परेको बताएका छन्। बुटवलमा आयोजित रष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेसनलाई सम्बोधन गर्दै नेता खाँणले संविधान च्यात्न र भंग गर्न खोज्नेहरु आफै सकिने चेतावनी दिए।
उनले केपी प्रधानमन्त्री भएदेखि संविधानमाथि पटक पटक प्रहार भइरहेको भन्दै संविधानको रक्षा गर्न आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए। संविधान भङ्ग गर्ने र रक्षा गर्ने दइ धारको आन्दोलन चलिरहेको भन्दै उनले ओली नेतृत्वको सरकार भंग गर्न लागी परेको उल्लेख गरे। कांग्रेससहित अन्य दलले भने संविधान रक्षाको आन्दोलन गरिरहेको उनको तर्क छ।
असली मयूर फाँटमा रहेको र नक्कली मयूर सिंहदरबारमा बसेर यसको नेतृत्व गरिरहेको भन्दै उनले आफूहरु संविधान भंग गर्न नदिइ त्यसमा पछाडि परेका समुदायको हित अनुकुल हुने गरी अझ परिस्कृत गरिने जानकारी दिए। संविधानको रक्षा गर्नको लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको खाँणको भनाइ छ।