बुटवल- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अनौठो परिघट्ना देख्नुपरिरहेको बताएका छन्। । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतिएको तर्फ संकेत गर्दै उनले हुनै नसक्ने परिघटना मुलुकमा देखिएको उल्लेख गरे।
बुटवलमा आजबाट सुरु भएको राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेसनको उद्घाटन गर्दै प्रचण्डले कतै अनिष्ठको संकेत त होइन भनि आसंका गरे । ‘अनौठो अनौठो परिघट्ना तपाई हामीले देख्नुपरेको छ। जन्मिसकेको बच्चालाई फेरी आमाको गर्भमा लगिदिने जस्तो बडो अनौठो र अस्वभाविक परिघट्ना तपाई हामीले देख्नुपरेको छ।’ उनले भने ‘हुनै नसक्ने घ्टना पनि हुन थालेको छ भनेपछि कुनै अनिष्टको संकेत होइन र यो ?’ उनले अझै अरु धेरै परिघटना हुन सक्ने सम्भावना रहेको भन्दै सजक रहन आग्रह गरे ।
संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे मुलुकमा ठूलो बहस सुरु भएकाे बताउँदैं उनले विभिन्न आन्दोलनबाट आर्जित उपलब्धीहरु संकटमा परेको दावी गरे ।
‘अहिले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने ठूलो बहस सुरु भएको छ । दलित, महिला, उत्पिडनमा परेका र सिमान्तकृत समूदायहरुले संविधानमार्फत् पाएको अधिकारलाई अझै परिमार्जन गर्ने कि त्यसालाई हत्या गर्ने भन्ने बहस चलेको छ ।’ उनले भने–‘अगााडि र्फकने कि पछाडि भन्ने बहस चलेको छ ।’
अगाडि उनले थपे-‘संविधानको रक्षाका लागि जरुरी पर्यो भने आन्दोलनको स्थिती आउन सक्छ भनेर अपिल गर्न उपस्थित भएको छु ।’
प्रचण्डले आफूले यसअघि क्रान्ति गर्ने भनी दिएको अभिव्यक्तिको तात्पर्य विद्रोह वा हिंसामा जाने भन्ने नभएको जिकिर समेत गरे । ‘हामी अब विद्रोह वा हिंसामा जाने कुरा गरेको होइन । हामीले स्थापित गरेका मान्यता, प्रणालीलाई कुनै प्रतिगामी तथा प्रतिक्रियावादी तत्वले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति भनेका हौं ।’
त्यस्तो ‘कलरफुल रेभोल्युशन’ बारे थप प्रष्ट पार्दै उनले भने–‘कलरफुल रेभोल्युशन भनेको समाजका सबै तहतप्का संविधानको रक्षाका लागि सडकमा आउने र रक्षा गर्ने भनिएको हो ।’
केही भावुक मुखाकृतीमा मञ्चमा देखिएका नेता प्रचण्डले आफूले नेतृत्व गरेको आन्दोलनले ल्याएका परिवर्तनहरुलाई उल्ट्याउन षड्यन्त्र भइरहेको बताए । उनले भने–‘ परिवर्तन उल्ट्याउन एकथरि मान्छे साँच्चै नै लागि परेका छन् ।’
शान्तिप्रक्रियाका हस्ताक्षरकर्तामध्येका गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै उनले ‘अर्को हस्ताक्षर कर्ता रहेको मलाई परिवर्तन उल्ट्याउनका लागि घेराबन्दी गरिएको’ बताए ।