काठमाडाैँ- नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले कांग्रेस र जसपासँग छलफल अघि बढाउने निर्णय गरेको हो।
सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने बारे आज कुनै निर्णय भने नभएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। माओवादी केन्द्रले फागुन २९ गते केन्द्रिय समितिको बैठक तथा चैत्र १ गते कार्यकर्ता भेला गर्ने निर्णय समेत गरेको छ।