काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्न भनेका छन् ।
आइतबार सुरु भएको पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा सांसद भीम रावलले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधेका थिए । रावललाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले सर्वोच्चलाई सोध्न भनेका हुन्। ‘अब हुँदा–हुँदा प्रधानमन्त्री कुन पार्टीका हो जानकारी पाऊँ भन्नुभयो, सर्वोच्च अदालतमा जानुस्। कुन पार्टीको हो रे!’, ओलीले भने।
ओलीले अदालतको फैसलामा आफू कुन पार्टीको भनेर स्पष्ट पारेको बताएका थिए। नेकपाको नामको विषयमा आइतबार सर्वोच्च अदालतले फैसला सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण पूर्वको अवस्थामा पु¥याएको थियो।
त्यसैगरी उनले संसद विघटन गरेर चुनाव गराउने आफ्नो निर्णयको पनि बचाउ गरेका छन्।