काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरिएको जानकारी संसद सचिवालयलाई दिएको छ। सो समुहका दुबै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका सांसद संसद सचिवालयमा पुगेर दलले गरेको निर्णय बारे जानकारी दिएका हुन्। उनीहरूले बहुमत सांसदहरूको निर्णय गरेको भन्दै सचिवालयमा हस्ताक्षर पनि बुझाएका छन्।
शुक्रबारको संसदीय दलको बैठकमा सो समुहले प्रचण्डलाई दलको नेता बनाएको थियो। संसद सचिवालयका महासचिव भरतराज गौतमले भने प्रचण्ड माधव समूहको निर्णयसहितको हस्ताक्षर दर्ता गर्न मानेका छैनन्। उनले कानूनी सल्लाह गरेर अघि बढ्ने बताएका छन्।