काठमाडाैँ- प्रतिनिधिसभाको आजको बैठकमा प्रचण्ड माधव पक्षका सांसदहरु सत्तापक्षकै कुर्शीमा बस्ने भएका छन्। नेकपा विभाजन भएको औपचारिकि पत्र प्राप्त नभएकाले प्रचण्ड माधव पक्षका सांसद पनि सत्ता पक्षकै कुर्शीमा बस्ने संसद सचिवलयले जनाएको छ।
सत्तापक्षको लाइनमा नै बस्ने गरि सिट व्यवस्थापन गरिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । ‘सचिवालयले सत्तापक्षका सबै माननीयलाई चार वटा लाइनमा बस्ने व्यवस्था गरेको छ त्यो भन्दा फरक व्यवस्था गरिएको छैन।’ उनले भने ‘आयोगबाट विभाजनको पत्र अहिलेसम्म आएको छैन। हामीले बुझ्ने भनेको कानुनत सत्तारुढ दल एउटै छ भन्ने बुझ्ने हो।’
संसद सचिवालयले एकीकृत भएको जनता समाजवादी पार्टीका लागि भने सिट व्यवस्थापन मिलाएको जनाएको छ।