काठमाडाैँ- नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्। नेकपा भित्र विबाद तिब्र भइरहेका बेला प्रतिनिधिसभा पुनस्र्थापना भएपछि आज पहिलो पटक प्रतिनिधि सभा बैठक बस्दै छ।
बस्नु अघि सभामुखकै कार्यकक्षमा पुगेर विहान प्रचण्ड र माधव नेपालले भेटवार्ता गरेका हुन्। पुनःस्थापित संसद बैठक बस्नुअघि भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
अपरान्ह चार बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। नेकपा औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको प्रतिनिधि सभा बैठकलाई चासोका साथ हेरिएको छ।