बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओलीको अध्यक्षतामा बसेको थियो ।
ओली समूहको उक्त बैठकमा १ सय १५ जना सांसदको उपस्थिती भएको राष्ट्रिय सभा सचेतक खिमलाल भट्टराईले जानकारी दावी गरे । आउने दिनमा बैठकमा उपस्थित हुने सदस्यको संख्या बढ्दै जाने उनको भनाइ थियो ।
पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतम, तुलसा थापा र नेता लालुबाबु पण्डित उक्त बैठकमा सहभागि भएनन् । ओली समूहले उनीहरुको उपस्थिती रहने दावी गरेका थिए । उनीहरु शुक्रबार भएको दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा पनि उपस्थित भएका थिएनन्।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बेलुका वामदेव गौतमको निवास भैंसेपाटी पुगेका थिए।