काठमाडाैँ- विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्। शनिबार बिहान पुल्चोकस्थिति मन्त्रीनिवास पुगेर विप्लवले गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन्। भेटमा समसामयिक राजनीतिक विषय तथा सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा कुराकानी भएको बताइएको छ।
सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव शुक्रबार सरकार र नेकपाबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएसँगै सार्वजनिक भएका हुन् । हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीसँगै विप्लवले पनि सम्बोधन गरेका थिए।