काठमाडाैँ- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्। नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको शनिबार बिहान आफ्नै निवासमा विमोचन गर्दै सभापति देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहाना पनि नभएको बताए।
‘म प्रधानमन्त्री हुने रेसमै छैन। प्रधानमन्त्री हुन चाहेको पनि छैन’, उनले भने, ‘विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो। तर मलाई प्रधानमन्त्री हुने चाहना पनि छैन।’ देउवा प्रधानमन्त्री बन्दै छ भन्ने कुराको पछाडि नलाग्न उनले आग्रह गरे।