बुटवल । नेकपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री घनश्याम भुसालले मोतिपुर औद्योगिक करिडोरको ‘तथाकथित शिलान्यास कार्यक्रमको बिरोध गर्न गएका स्थानीय बासिन्दामाथि काम चलाउ सरकारका दुई मन्त्रीले दमन पूर्ण व्यवहार’ को ‘हिसाब–किताब’ हुने बताएका छन् ।
आज दिउँसो बुटवल उपमहानगरपालिका वडा नं १७ मा मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टलगायत नेकपाका नेताहरुकोे स्थानीयले बिरोध गर्दै प्रदर्शन गरेका थिए ।
शिलान्यास कार्यक्रममा स्थानीयसँगको ‘सहमति तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौं सुरक्षाकर्मीका घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको नाङ्गो नाच’को हिसावकिताव हुने नेता भुसालले बताएका छन् ।
शुक्रबार अबेर जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘आफ्नो हक अधिकारको रषाका लागि उभिइका स्थानीय निहत्था नागरिक, खासगरी युवा र महिलाहरुमाथि आज जुन दमन गरेका छन्, अपमानित गरेका छन् र घाइते बनाएका छन् ती अपराधीहरुलाई जनताको परिक्षणमा खडा गरिनेछ ।’
उनले विज्ञप्तीमा वातावरणीय प्रभाव मुल्याङ्कन गरेपछि स्थानीय बासिन्दाकोे व्यवस्थापन गरेर मात्रै अरु काम अगाडि बढाउने विषयमा उद्योग मन्त्री, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अधिकारीहरुसँग भएको सहमति विपरित शिलान्यासको काम भएको दावी गरेका छन् ।
यसअघि उनले भनेका छन्–‘ज्ञातव्य के छ भने पहिलेका निर्वाचनमा त्यसै क्षेत्रबाट उम्मेदवार हँुदा मन्त्री विष्णु पौडेलले ‘स्थानीय बासिन्दाको समस्या समाधान नभइकन करिडोरबारे कुनै काम शुरु भए मैले राजनीतिबाटै सन्यास लिनेछु’ भनेर पटक–पटक बाचा गरेका थिए । आज तिनै विष्णु पौडेल तिनै नागरिकमाथि लाठी बर्साउन पुगेका छन् ।’
उनले नागरिकका तर्फबाट भएको विरोध–प्रतिरोधलाई समर्थन गरेको समेत बताएका छन् ।
यस्तो छ विज्ञप्ती: