काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँगको सहमतीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन्। शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै ओलीले अब नेपालमा हिंसात्मक द्वन्द नहुने उल्लेख गरे।
‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन ।’ उनले भने ‘नेपालमा शान्ति छ।’ प्रधानमन्त्रीले आफूहरुले विप्लव समूहसँग नगरा बजाएर वार्ता नगरेको भन्दै निकै लामो छलफलपछि यो अवस्थामा आइपुगेको बताए । ओलीले विप्लवले शान्तिपूर्ण राजनीतिक कदम चालेर साहाशिक काम गरेको समेत उल्लेख गरे।