बुटवल- बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यस कार्यक्रमको तयारी भइरहेका बेला स्थानियले प्रदर्शन गरेका छन्। आज अर्थमन्त्री विष्णु् पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ। कार्यक्रम अघि स्थानियले कार्यक्रम स्थलमा नाराबाजी र प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरुले हातमा कालो झण्डा र प्लेकार्ड लिएर किसान मार्न पाँइदैन, भोगका आधारमा लालपूर्जा वितरण गर, लगायतका नारा लगाएका छन्।