काठमाडौं । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेकपाका नेताद्वय शंकर पोखरेल र घनश्याम भुसालबीच छलफल भएको छ । राजनीतिक रूपमा विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूले छलफल गरेका हुन् । दुई नेताबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो।
पूर्व कृषि मन्त्रीसमेत रहेका मन्त्री भुषालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताए। ‘एकता गर्नपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं। यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो। आजको छलफल त्यसैको श्रृंखला हो,’ भुषालले भने,‘नेताहरूबीच दूरी साँघुरिएको छैन तर राजनीतिमा असम्भव भन्ने कुरा छैन।'