चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अफर आए नछोड्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा कांग्रेसलाई पदको लोभ नभएको तर टाउकोमा जिम्मेवारी आएमा नभाग्ने बताएका हुन् ।
‘मलाई र कंग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्दा पनि भागिन्न,’ देउवाले कार्यक्रममा भने, ‘काँधमा जिम्मेवारीबाट भाग्ने पक्षमा हामी छैनौं ।’ पुस ५ गते प्रधानमन्त्री केपी अोलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ ।
एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् । उनले आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको र दिन्छु भन्दै आएमा पार्टीलाई फाइदा हुने बताए ।