काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज बसेको बैठकले संसदीय दलको नेता फेर्ने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता पर्वतर्तन गर्ने एजेन्डा तय गरेको छ। यो एजेन्डालाई अहिले केही बेरमा बस्ने समूहले स्थायी कमिटी बैठकले अनुमोदन गर्ने भएको छ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो।