काठमाडौं । सरकारले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँगको वार्ता सुरु गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको हो । विहान सवा सात बजेदेखि वार्ता सुरु भएको जनाइएको छ ।
सरकारले गृहमन्त्री राम बहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको एक वार्ता टोली बनाएको थियो । विप्लव समूहले प्रवक्ता प्रकाण्ड र दीपक सदस्य रहेको वार्ता समिति बनाएको थियो । समूहका संयोजकसहित चारैजना सदस्यहरु वार्तामा रहेका छन् ।