काठमाडाैँ- सरकारले बार्ताटोली गठन गरेपछि विप्लव समुहले पनि वार्ता टोली गठन गरेको छ। सरकारसँग वार्ता गर्न विप्लव समुहले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको हो।
प्रकाण्डसँगै उदय चलाउने (दीपक) वार्ता टोलीमा रहेको नेत्रविक्रम चन्द विप्लप जारी विज्ञप्तीमा उल्लेख छ। यस अघि आजै सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेकाे वार्ता टाेली बनाएकाे थियाे।
हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । सञ्चारमन्त्री पार्वत गुरुङले समूहमाथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने बताएका छन् ।