भैरहवा । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपालमा रहेका राजनैतिक दलहरुलाइ म्याद गुज्रेका पार्टीको संज्ञा दिएका छन् ।
उनले नेपाली कांग्रेस, नेकपा, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी लगायतलाई म्याद गुज्रेको औषध सरह म्याद गुज्रेको पार्टी भनि टिप्पणी गरेका हुन् । जनमत पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै राउतले यस्ता म्याद गुज्रेका पार्टीले राम्रो गर्ने भन्दा पनि अब “रिएक्सन” गर्ने बताए ।
मधेश आन्दोलनको दौरान रुपन्देहीको बेथरी, बेलहिया लगायतका क्षेत्रमा मारिएका शहिदहरुका स्मरणमा भैरहवामा आयोजना गरिएको आमसभामा राउत आक्रमक रुपमा प्रस्तुत भएका थिए ।
जिल्लाका बिभिन्न ग्रामीण क्षेत्रबाट आएका स्थानियहरुलाई स्म्बोधन गर्दै उनले जनताको भरोसकाको रुपमा अब एक मात्र जनमत पार्टी रहेको कारण अहिले देखी नै यो पार्टीमा लाग्न अनुरोध समेत गरे ।
मधेश आन्दोलनमा मारिएका मधेशी शहिद र आम मधेशी जनताको मूख्यहरु अहिले पनि पुरा नभएको बताउदै राउतले अहिलेको मधेशी पार्टीले शहिदहरुको बलिदानको मोलतोल गरेको आरोप लगाए ।
जनमत पार्टीका केन्द्रय स्तरका नेताहरुको ब्यापक सहभागीता रहेको सभामा राउत संगै पार्टीका प्रवक्ता अब्दुल खाँन, केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला संयोजक भोपेन्द्र यादव लगायतले बोलेका थिए ।