काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभाको अधिवेसन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्का सिफारिशमा राष्ट्रपतिले फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।
नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाएका हुन्। सर्वोच्च अदालतले पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय बदर भएको फैसला गरेसँगै १३ दिन भित्र प्रतिनिधि सभाको अधिवेसन आह्वान गर्न आदेश दिएको थियो। फैसला अनुसार बैठकको आह्वान गरिएको हो।