काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालय सोमबार विहान बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो। बैठक बोलाउने निर्णय भएको तर मिति भने नतोकिएको सो समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
त्यस्तै बैठकमा पार्टीको आधिकारिकताको विवाद छिटो टुंगो लगाउन निर्वाचन आयोगसँग आग्रह गर्ने विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 'निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामिले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामिले अनुरोध गरेका छौँ,’ उनले भने।