काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। पोखरा पुगेर उनी विभिन्न कार्यक्रममा सहभागी हुने छन्। पोखरा पुगेर प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश सरकारले नदीपुरमा बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ।
त्यसपछि दिउँसो १ बजे पोखरा सभागृह आयोजना हुने प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। कार्यकर्ता भेलापछि प्रधानमन्त्री ओली पोखरा रंगशाला निरीक्षण गर्न जाने कार्यक्रम छ।
यसअघि ओली समूहले गण्डकीमै गर्न लागेको सभा सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि स्थगन गरिएको थियो।पछिल्लो समय प्रधानमन्त्री ओली उद्घाटन र शिलान्यासका कार्यक्रममा देशका विभिन्न ठाउँ पुगेका छन्। आइबार मात्र ओली झापा पुगेका थिए।