काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक बसिरहेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालय बसिरहेको बैठकमा संसद बैठक नजिकिरहेको सम्बन्धमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भएको छ।
यसअघि पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बस्ने गरेको सचिवालय बैठक पार्टी विभाजनपछि पहिलोपटक संसदीय दलको कार्यालयमा बसेको हो ।संसद् पुनर्स्थापनापछि नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–माधव समूहले केही दिनयता बाह्य तथा आन्तरिक छलफललाई तीव्र पारेको छ।
अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग आग्रह गरेका छन् । तर, विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालय बैठकमा छलफल भइरहेको बताइएको छ।