काठमाडाैँ- प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले देवप्रसाद गुरुङलाई प्रमुख सचेतकबाट हटाएका छन्।गुरुङको ठाउँमा विशाल भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
शुक्रबार बालुवाटारमा आयोजित प्रदेश एकका सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले भट्टराईले प्रमुख सचेतक बनाएको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । गुरुङ नेकपा प्रचण्ड–माधव समूहमा रहेका छन् । सोही कारण ओलीले उनलाई प्रमुख सचेतक पदबाट हटाएका हुन्।