काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सवोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो। बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने बताइएको छ।
मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको एक मन्त्रीले बताए । सर्वोच्च अदालतले मंगलवार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो। सो आदेशअनुसार आगामी २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ।