काठमाडाैँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले छलफल गरेका छन्। नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा प्रचण्ड र नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायत नेतासँग छलफल गरेका हुन्।
सो अवसरमा दुई पार्टीबीच सहकार्य गर्ने विषयमा छलफल भएको हो। छलफलका क्रममा आफूहरुले आधिकारीक पार्टी कुन हो भनेर जिज्ञाशा राखेको जसपाका नेता राजेन्द्र महतोले सञ्चारकर्मीलाई जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि विभाजित नेकपाका दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरे पनि निर्वाचन आयोगले अहिलेसम्म निर्णय दिएको छैन।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड र नेपालले अन्य दलसँगको छलफललाई तीव्र पारेका छन्।