काठमाडाैँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला पछिको अवस्था बारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो।
बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने भएको छ। बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड–माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने बताइएको छ।
बुधबार पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव राखेका थिए। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरेपछि नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। यसमा कांग्रेस निर्णायक देखिएको छ ।