काठमाडाै- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ। पार्टीको एकता अभियानमा लागेका गौतम प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। झण्डै एक घण्टा भएको छलफलमा नेता गौतमले प्रचण्डलाई पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए।
उनले केपी ओलीलाई सम्मानजनक बहिरगमनको वातावरण बनाउनुपर्ने र नेकपा भित्रैबाट प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका थिए।प्रतिनिधि सभा विघटन सवोच्च अदालतले बदर गरेपछि नेता गौतमले बुधबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्त राजीनामा दिन तथा दुवै अध्यक्षलाई पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए।