काठमाडाैँ- डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने कदम सच्याउनुपर्ने माग राख्दै उनले फागुन १२ गतेदेखी अनसन बस्ने घोषणा गरेका थिए। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर भएको फैसला गरेपछि डा.केशीले अनसन स्थगित गरेका हुन्।
तर आफूसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट पार पाइनसकेको भन्दै डा. केशीले अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओलीको जस्तै रहने हो भने अवस्थामा खासै परिवर्तन नआउने बताएका छन् ।
केसीले प्रधानमन्त्री ओलीले राज्य कब्जाको प्रयासस्वरुप संवैधानिक निकायहरुमा गलत नियुक्ति गरेको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् ।