काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्दै तोकिएको समयमै संसद बैठक बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार बसेको बैठकले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हो।
बैठक पछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालतको आदेश बमोजिम निर्धारित समयमै संसद बैठक आवहान हुने जानकारी दिए। ‘अदालतको फैसलालाई कार्यान्वयन गर्ने, त्यसलाई सम्मान गर्ने हिसाबले हामी अगाडि बढ्छौँ।’ उनले भने ‘संसदको अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ। अदालतले दिएको समयसीमा भित्रै बैठक बस्छ।।’