काठमाडाैँ- नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भएको छ। देउवालाई भेट्न प्रचण्ड र नेपाल बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए।
प्रतिनिधि सभा पुनस्र्थापित भएपछि नयाँ सरकार बनाउनबारे छलफल गर्न नेताद्वय देउवा निवास पुगेका हुन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय मंगलबार बदर गरेपछि अब नयाँ सरकार बनाउने कसरत सुरु भएको छ।
चितवनमा रहेका प्रचण्ड र नेपाल त्यहाँ आयोजना गरिएको विजय सभामा समेत सहभागी नभई काठमाडौं फर्केका फर्केका हुन्। प्रचण्ड माधव समुहको आजै संसदीय दलको बैठक समेत बस्दै छ।