काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक अपरान्ह ४ बजे बस्ने तय भएकाे छ। बैठकमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने बताइएको छ।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको छ। प्रचण्ड(माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ ।