काठमाडाैँ- प्रधानमन्त्री केपी ओलीले आफू पक्षीय नेकपाको स्थायी कमिटी बैठक बोलाएका छन्। प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने ओली पक्षिय बैठकमा सर्वोच्च अदालतको फैसलापछिको अवस्थाका बारेमा छलफल हुने बताइएको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेपछि नेकपाको दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ। प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्तावमार्फत उनलाई हटाउने संकेत प्रचण्ड–नेपाल समूहले गरेको छ।
प्रधानमन्त्री ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गने प्रतिनिधिसभा विघटन गरेकी थिइन्। बुधबार सर्वोच्च अदालतले विघटनको निर्णय बदर गरेको छ।