काठमाडौँ- संसद विघटनको विरुद्धमा सडक आन्दोलन चर्काएका नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको संसद पुनःस्थापनाको फैसलाले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको प्रतिक्रिया दिएका छन्।
उनले भने, ‘अदालतको फैसलालले संविधान र लोकतन्त्रको रक्षा गरेको छ। देशलाई राजनीतिक संकटको अध्यारो संकटबाट जानबाट जोगाएको छ।’
उनले यो फैसलाले मुलुकमा एक पटक पुनः दियो बलेको प्रतिक्रिया दिए।