काठमाडाैँ- प्रतिनिधि सभा विघटन विरुद्ध परेको मुद्दाको पेशी मंगलबार तोकिएको छ। उक्त मुद्दाको सुनुवाइ सकिएर हेर्दा हेर्दैमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते चुनाव घोषणा गरेपछि त्यसका विरुघ सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका थिए।
यी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो। रिटका पक्ष, विपक्ष र एमिकस क्युरीका वकिलहरु सुनुवाइ सकिएको छ।
वकिलहरुलाई बहस नोट पेस गर्न सोमबारसम्म समय सिमा दिइएको थियो। सर्वोच्चले अब प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा फैसला सुनाउने तयारी गरेको छ। अबको दुइ तिन दिन भित्र मुद्दाको फैसला आउने बताइएको छ।