बुटवल-जनता समाजवादी पार्टी बुटवलले प्रतिनिधि सभा विघटनको विरोधमा बुटवलमा प्रदर्शन गरेको छ। बुटवल देवीनगरमा सो पार्टीले प्लेकार्डसहित प्रदर्शन गरेको हो।
प्रदर्शनमा नेताहरु कमल खनाल, यज्ञ पोखरेल, मनिकर कार्की, पंकज राई र कार्यकर्ताहरु सहभागी थिए। उनीहरुले 'संवैधानिक मूल्यमान्यताको रक्षा गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद' जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए।