गुल्मी- लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रधानमन्त्रीसग अब पुजा गर्दै हिड्नुको विकल्प नभएको बताए । वडा सदस्यदेखि रास्ट्रपति कम्युनिस्ट भएको देशलाई अस्थिरतामा धकेलेर भौतिकबादी केपि कामरेड पशुपतिमा करोड करोडका जलधारी बाड्दै हिडेको बरालले बताए ।
जनता रोग र शोकले छ्टपटाइ रहेका बेला दुई तिहाईको प्रधानमन्त्रीले सडकमा उखानटुक्का भन्दै हिडेको आरोप लगाए । प्रचण्ड- माधब नेपाल समुह निकट युवा विद्यार्थीलाई प्रशिक्षण दिदै बरालले निर्वाचनमा समृद्धिको चास्नी देखाएर अराजकता निम्त्याउनु निकै दुर्भाग्यपूर्ण भएको बताए ।