गुल्मी -पुर्व मन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले केपी ओलिले समृद्धिको सपना देखाएर लोकतान्त्रिक गणतन्त्र र संविधाननै धरापमा पारेको बताएका छन्। प्रचण्ड-माधब निकट युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै कम्युनिस्टले प्राप्त गरेको दुई तिहाई समृद्धिको लागि भएपनि त्यो अभिमत प्रधानमन्त्रीले आफ्नो उत्तेजना र स्वार्थमा प्रयोग गरिएको बताए।
प्रतिगमन र प्रतिगामीका विरुद्धको आन्दोलनमा पाकाहरुले थकाइ मारेपनि युवा नेतृत्वको मनमा पार्टी हातमा झन्डा बोकेर आन्दोलनको अगुवाई गर्ने बिष्टले प्रतिबद्धता ब्यत्त गरे। अझै पनि केपी ओलिको खेल जारी रहेकाले निर्वाचन आयोग थर्काउनने र सुर्य चिन्ह माग्ने काम गरिएको बताए। उनले केपिको दम्बलेभन्दा कानुन अनुसार सुर्य चिन्ह बहुमत सदस्यले पाउने भएकाले दिवा सपना नदेख्न आग्रह गरे ।
त्यस्तै अहिलेको सरकार अरबको तातो खाडीमा बेचिएका युवा र शिक्षा स्वास्थबाट बन्चित नागरिकको समस्यासङ भन्दा नौटन्की गरेर सत्ता जोगाउने खेलमा लागेको आरोप बिष्टले लगाए। बिष्टले श्रम मन्त्री भएर नेपालका युवाका पक्षमा काम गर्न खोज्दा सरकारबाटै भोगेको पिडा जिवनभर बिर्सन नसक्ने बताए।