काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहले आज विराटनगरमा प्रदर्शन र सभा गर्दै छ। विराट नर्सिङ होम पूर्वको मैदानमा हुने सभालाई दिउसो प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा, नेता सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राईलगायत सहभागी हुने ओली समुहले जनाएको छ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारूढ नेकपा दुई समूहमा विभाजन भएको छ। प्रचण्ड–माधव समूह प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएको भन्दै आन्दोलन गरिरहेको छ। आन्दोलन स्वरुप उसले देशका विभिन्न शहरहरुमा प्रदर्शन र सभा गरेको छ। ओली समूह पनि आफ्नो कदमको प्रतिरक्षाका लागि प्रदर्शन र सभा गर्दै हिडेको छ।
यसअघि प्रचण्ड माधव समुहले माघ १५ गते र ओली समुहले फागुन १ गते बुटवलमा प्रदर्शन र सभा गरेका थिए।