काठमाडाैँ- प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले विभिन्न आन्दोलनबाट प्राप्त उपब्धिहरु विभिन्न व्यक्तिहरुको उदाशिनताको कारण देश पछाडि तर्फ धकेलिने बताएका थिए।
उनले आफ्नो मन्तव्यको क्रममा भनेका थिए, ‘त्याग र बलिदान सहितको ऐतिहासिक संघर्षबाट प्राप्त राजनीतिक उपब्धिहरुलाई नेपालको संविधान २०७२ ले संस्थागन गरेको छ। यतिबेला नेपालको संविधानले सुनिश्चित गरेको परिवर्तनको मुलभुत मुद्दाको आत्मसातिकरण र संविधानको सवल कार्यन्वयन प्रति हाम्रो चिन्तन, चरित्र र व्यवहारमा देखिएको उदासिनताको कारण मुलुक पुनः पछाडि फर्कने त होइन् भन्ने आशंका सुरु भएको छ। जुन चिनताको विषय छ ।’
उनले देशमा देखिएको राजनीतिक अवस्थाबाट देशले चाडै निकास पाउनेमा आफु विश्वस्थ रहेको बताएका थिए। यसभन्दा केहि दिन पहिला मात्र प्रदेश प्रमुख परियारका स्वकिय सचिव अनिल पाश्वान र नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईबिच विवाद भएको थियो।
गुरु भट्टराईले आफु केपी ओलीको छोरा रहेको भन्दै स्वकिय सचिव पाश्वानलाई अपहरण गर्ने जस्ता धम्की समेत दिएका थिए। मन्त्रिपरिषद्को बैठकले तिलक परियारलाई गत वर्षको कार्तिक महिनामा मात्र यस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। मधेशवादी दलका तत्कालिन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई पदमुक्त गर्दै तिलक परियारलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो।