काठमाडाैँ- प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा (अहिराज) नियुक्त भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राजेश मधेश मामिलाका जानकार मानिन्छन्।
यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई दिनेश परियारलाई प्रदेश २ को प्रदेश प्रमुख पदबाट पदमुक्त गरेकी थिइन्।