काठमाडाैँ- प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुने संविधानमा उल्लेख छ। परियार तत्कालिन माओवादी निकट नेता हुन्। पूर्व माओवादीको कोठाबाट उनी २०७६ साल कात्र्तिक १८ गते उनी प्रदेश प्रमुख बनेका थिए।