चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन भित्रै संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका छन्। उनले संयुक्त आन्दोलनका लागि कांग्रेसलगायत दलसँग छलफल भइरहेको जानकारी दिए।
मंगलबार चितवनमा पत्रकारहरूसँग प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग छलफल भइरहेको बताएका हुन्। ‘हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ, रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु।
जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ।’ अहिले एक्लाएक्लै आन्दोलन गरिरहेका आफूहरूबीच संयुक्त आन्दोलन गर्ने विषयमा कुरानकानी भइरहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ छ।