भैरहवा- नेपाली कांग्रेसको विरोध सभा भैरहवामा सुरु भएको छ। प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले सोमबार देशभर प्रदर्शन गर्दैछ।
जस अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा भैरहवामा विरोध सभा सुरु भएको हो। सभालाई नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सम्बोधन गर्दैछन्।
सभा सुरु हुनु अघि बुद्धचोकबाट सुरु भएको ¥याली नारायणस्थान, विद्रोहीचोक, मिलनचोक, गल्लामण्डी हुँदै रामजानकी हुनुमान मन्दिरमा पुगेर सभामा परिणत भएको हो।