बुटवल- प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गर्दैछ। पर्टीको तेस्रो चरणको आन्दोलन अन्तर्गत सबै जिल्ला कार्यसमितिहरुले विरोध सभाको आयोजना गरेका छन्। रुपन्देहीको भैरहवामा हुने विरोध सभालाई नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
सभामा सभापति देउवा सहित केन्द्रीय सदस्य तथा विघटीत प्रतिनीधि सभाका प्रमुख सचेतक बालकृष्ण खाण, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए।
सभा अघि बुद्धचोकबाट र्याली सुरु हुने छ। र्यालीले नारायणस्थान, विद्रोहीचोक, मिलनचोक, गल्लामण्डी हुँदै रामजानकी हुनुमान मन्दिरमा पुगेर सभामा परिणत हुने छ।