बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहमा गएका छन्। यस अघि प्रचण्ड–माधव समुहमा रहेका मेयर बासुदेव घिमिरे र उपमेयर जागेश्वरीदेवी चौधरी ओली समुहमा गएका हुन्।
नेकपाका महासचिव तथा ओली समुहका नेता विष्णु पौडेलले घिमीरे र चौधरीलाई सँगको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। फोटो राखेर पौडेलले 'साथै छौं साथै रहने छौं ' लेखेका छन्।
आइतबार महासचिव विष्णु पौडेललाई विदाइ गर्न मेयर घिमिरे र उपमेयर चौधरी भैरहवा विमानस्थलसम्म गएका थिए। उपमेयर जागेश्वरी चौधरीले यस अघि ओली समुहले विस्तार गरेको केन्द्रिय सदस्य पदमा बस्न अस्विकार गरेकी थिइन्।